माओवादी कालिकोटको सम्मेलन सम्पन्न,  ५१ सदस्य जिल्ला समिति चयन



  • रुपेन्द्र ऐडी ।

काठमाडौँ  ११ माघ ।

ने क पा(माओवादी) जिल्ला समिति कालीकोटको तेस्रो जिल्ला सम्मेलन सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय आत्मसमर्पणबाद,भष्ट्र दलाल र संसदबादको विरुद्ध हाम्रो आन्दोलन,बैज्ञानिक समाजवाद स्थापनार्थ एकिकृत जनक्रान्तिको पक्षमा ऐतिहासिक तेस्रो जिल्ला सम्मेलन” भन्ने मुलनाराका साथ शनिवार उद्घाटन भएको सम्मेलनले लोक जंग शाही (समर) सेक्रेटरी रहने गरी ५१ सदस्य जिल्ला समिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।

चार दिन सम्म चलेको सम्मेलनबाट ने क पा(माओवादी)कालीकोटको संक्षिप्त इतिहांस,आगामी कार्यदिशा सम्बन्धि दस्तावेज लगाएतका विषयमा छलफल भएको थियो ।

सम्मेलनमा प्रस्तुत प्रतिवेदनमा जिल्लामा महत्व राखेका प्रकाशन तथा प्रशारण,जनस्वस्थ्य,जनसहकारी लगाएतका विषयमा आवश्यक शसोधन सहित हलमा पारित भएको बताइएको छ ।

सम्मेलनको पहिलो बैठकले आगामी फागुन एक गते काठमाडौंमा हुने आठौं महाधिवेशनका लागि १०जना प्रतिनिधि र दुई जना पर्यवेक्षक गरी जम्मा १२ जनालाई छनोट गरेको छ ।

कालीकोट जिल्लाको पहिलो जिल्ला सम्मेलन ने क पा एकता केन्द्रका समयमा सम्मेलनका लागि डिल्लि प्रसाद आचार्यको सयोजकत्वमा नौ सदस्य आयोजक समिति बनेर २०४८ साल कार्तिकमा रकुमा खडक बहादुर विक(प्रकाण्ड) सेक्रेटरी रहने गरी ११ सदस्य जिल्ला समित गठन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसै गरी ने क पा—माओवादी को दोस्रो जिल्ला सम्मेलन २०७१ बैशाख २ र ३ गते माल्कोटको देविमाडुमा धनजित शाही (आदर्श) सेक्रेटरी रहने गरी ७५ सदस्य जिल्ला समितिको चयन भएको थियो भने तेस्रो जिल्ला सम्मेलनबाट लोकजंग शाही(समर) सेक्रेटरी रहेको पछि चार सदस्य थप्ने गरी ५१ सदस्य जिल्ला समिति गठन गरेको छ ।

कालीकोट जिल्लामा पहिलो जिल्ला सम्मेलनले नेपालि क्रान्ति सफलतामा पुगाउन नसकेको,तत्कालिन अवस्थामा कालीकोट जिल्लाबाट चार सय ८४ जनाले बगाएको रगतको उच्च मुल्यांकनका लागि तेस्रो सम्मेलनले एकिकृत जनक्रान्तिका माध्यमबाट शहिदका सपना पुरा गर्न विशेष भूमिका निर्वाह गर्ने जिल्ला सेक्रेटरी समरले बताउनु भएको छ ।

ने क पा(माओवादी)को आठौं महाधिवेशन फागुन १ गते काठमाडौंमा उद्घाटन र रोल्पाको थवांङमा बन्दशत्र हुने र सो महाधिवेशनबाट एकिकृत जनक्रान्तिको कार्यदिशालाई पूर्णता दिने बताइएको छ ।

पार्टीले सदस्य तह सम्मका लागि विगतको कम्युनिष्ट पार्टीको समिक्षा गर्दै पार्टीको नामाकरणका बारेमा पनि तल सम्म बहस गरेर लैजान समेत सर्कुलर जारी गरेको छ ।

सम्मेलनमा सहभागि जिल्ला सदस्य समग्रले अव पार्टी जनताको पक्षमा हुने कुरामा विश्वस्त हुने आधार रहेको बताएका छन । उनले भने विगतको भन्दा पार्टीमा कम्युनिष्टमा हुने आचारणका सवालमा विगत भन्दा भिन्न रहेको बताए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...