गर्भवती हुँदा यी खानेकुरा खाँदा बच्चा स्मार्ट र सुन्दर हुन्छ


अण्डा प्रोटिनको निकै राम्रो स्रोत हो र यसका साथै यसमा पर्याप्त मात्रामा अन्य पोषक तत्व पनि पाइन्छ । 
अण्डामा सेलेनियम, जिंक, भिटामिन ए, डी र केही मात्रामा बी कम्प्लेक्सपनि रहेको हुन्छ जसका कारण अण्डालाई सुपरफुड भनिन्छ । 

यदि तपाईं गर्भवती हुनुहुन्छ र आफ्नो बच्चाको स्वास्थ्यको विषयमा चिन्तित हुनुहुन्छ भने तपाईंले धेरै सोच्नुपर्ने आवश्यकता छैन किनभने भर्खरै गरिएको एक नयाँ शोधका अनुसार अण्डा हाम्रो शरिरको आवश्यकता पूरा गर्ने सबैभन्दा राम्रो खाना हो र यदि यसलाई गर्भवती महिलाले आफ्नो खानामा समावेश गर्छिन् भने बच्चा सुन्दर र स्मार्ट हुन्छन् । 

गर्भवती हुँदा अण्डा खाँदा अन्य के फाइदा हुन्छ त्यसबारे जानकारी लिऔं । बच्चाको दिमाग, मेरुदण्डमा पर्छ प्रभाव

युरोपेली फूड सेफ्टी अथोरिटिका अनुसार अण्डामा पाइने कोलीन एक यस्तो पोषक तत्व हो जसले हाम्रो शरिरलाई स्वस्थ राख्न मद्दत गर्दछ । 

यदि गर्भवती महिलाले यसको सेवन गरे बच्चाको दिमाग, मेरुदण्ड र सिक्ने क्षमतामाथि प्रभाव पर्ने गर्दछ । गर्भवती भएको दोस्रो महिनादेखि यदि कोलिनको सेवन सुरु गरे बच्चाको स्मरण र सिक्ने क्षमतामा वृद्धि हुन्छ ।

प्रोटिनको खजानाः


अण्डामा पर्याप्त मात्रामा प्राटिन पाइन्छ जुन गर्भावस्थाको निकै आवश्यकता हुन्छ । गर्भमा हुर्किरहेको बच्चाको हरेक कोसिका प्रोटिनले बन्छ । यस्तोमा गर्भवती महिला यदि अण्डा खान्छिन् भने भ्रुणको विकास निकै सहि तरिकाले हुन्छ ।

दिमागी विकासका लागिः

अण्डामा १२ भिटामिनको प्याकेज हुन्छ । यसमा पाइने चोलाइन र ओमेगा–थ्री फ्याटी एसिडले बच्चाको सम्पूर्ण विकासमा सहयोग पुर्याउँछ । यसको सेवनले बच्चामा मानसिक रोग हुने सम्भावना कम हुन्छ ।

कोलेस्ट्रोलको स्रोतः

यदि गर्भवती महिलाको ब्लड कोलेस्ट्रोलको स्तर सामान्य छ भने उनले दिनमा एक वा दुई अण्डा खान सक्छिन् । अण्डामा केही मात्रामा स्याचुरेटेड फ्याट पनि हुन्छ । यदि महिलाको कोलेस्ट्रोल लेवले धेरै छ भने उनले अण्डाको पहेंलो भाग खानु हुँदैन ।

क्यालोरीको माध्यमः

एक गर्भवती महिलालाई दिनमा २ सय देखि ३ सय अतिरिक्त क्यालोरी आवश्यक पर्छ । यसो गर्नाले आमा र बच्चा दुबैलाई पोषण पुग्छ । अण्डामा करिब ७० क्यालोरी हुन्छ जसले आमा र बच्चा दुबैलाई ऊर्जा दिन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...