संशोधन विधेयक पास नभए स्थानिय निर्वाचन हुदैन : महन्त ठाकुर




  • भक्तपुर, २१ पुस । 


तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संशोधन विधेयक पास नभए स्थानिय तहको निर्वाचन नहुने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ठाकुरले संशोधन बिधेयक कानुन सम्वत रहेको र सरकार गठनकै क्रममा सत्तासिन दलहरुले आफ्नो माग पुरा गर्ने र बिगतमा एमालेले समेत वर्तमान संशोधन बिधेयकलाई मान्यता दिएता पनि वर्तमानमा बिरोध गरेको भन्दै संशोधन बिधेयक पास नभए स्थानीय तहको निर्वाचन नहुने बताए ।

उनले ५१ प्रतिशत जनसंख्या रहेको मधेशलाई २५ प्रतिशतमा सिमित पारेर ल्याईएको स्थानिय तहको पुनःसंरचनाको खाका मधेशी मोर्चालाई मान्य नहुने भन्दै जनसंख्याको आधारमा पुनः संरचना गरिनु पर्नेमा जोड दिए।

उनले तत्कालिन सुशिल कोइरालाको नेतृत्वको सरकारको पालामा एमालेका अध्यक्ष केपी ओलीले यही संशोधनमा आफूले हस्ताक्षर गरेको भन्दै त्यसबेला राष्ट्रवादी हुने र हाल सोही संशोधन राष्ट्रघात हुने बिषय नभई संशोधनको बिरोधको नाममा बिरोध भइरहेको बताए ।

उनले अन्तरिम संबिधानले दिएको अधिकारलाई कुल्चिर्दै जसरी संबिधान जारी गरियो यसले पश्चगामी बाटो समातेको र नेपाली माझ जारी भएको संबिधान आवश्यकता अनुरुप परिवर्तनशिल रहेता पनि संशोधन नगरि बिफल पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए।

अंगिकृत नागरिकलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिनु पर्ने बिषय हल्ला मात्र भएको भन्दै ठाकुरले बैवाहिक महिलालाई अधिकार दिनु पर्ने माग रहेको गरे।

, ,

प्रतिकृया दिनुहोस्

Loading...