साफ महिला फुटबल - भारतलाई हराएर वर्षौंदेखिको बदला लिने दाउमा नेपाल

- काठमाडौं १८ पुस ।
चौथो साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपाल र भारत भिड्दैछन् ।
तीन संस्करणको फाइनलमा भिडेका दुई टोलीबीच यो पटक भने अन्तिम चारमै भेट भएको छ । र, यो खेललाई नेपाल र भारत दुबैले फाइनल सरह मानेका छन् ।
खेल भारत सिलिगुडीको कञ्चनजंगा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि हुनेछ ।
महिला फुटबलमा नेपाल र भारत चिरप्रतिद्वन्द्वी हुन् । तर, सागको दुई र साफको तीन भेटमा नेपालले भारतलाई हराउन सकेको छैन । पछिल्लो पटक सागमा भएको भेटमा भारतले नेपाली टोलीलाई ४-० गोल अन्तरले हराएको थियो ।
भारतीय टोलीका प्रशिक्षक साजिद दार भने त्यो इतिहास भइसकेको बताउँछन् । नेपाललाई कठिन प्रतिद्वन्द्वी भन्दै उनले भनेका छन्, साफका लागि उनीहरु पूर्ण रुपमा तयार छन् । पछिल्लो पटक फेब्रुअरी २०१६ मा भएको साग गेम्समा भारतले एकपक्षीय खेल्दै चार गोल गरेको थियो । तर, त्यो इतिहास भइसक्यो ।’
नेपाली प्रशिक्षक कुमार थापाले अहिलेसम्मको रणनीति सफल भएकाले भारतबिरुद्ध पनि जित हासिल गर्नेमा आशाबादी रहेको बताए ।
प्रतिकृया दिनुहोस्
Loading...
