देउवाले भने- ओलीले गाँजा खाएका थिए सही गर्दा?

काठमाडौं, १७ पुस ।
विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताए। यो खबर बाग्लुङबाट संघम घर्तिमगरले नागरिकको दोस्रो पेजमा लेखेका छन्।
बाग्लुङमा भएको कार्यक्रममा देउवाले ओलीलाई प्रश्न गरे- ‘हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाति भयो? के त्यतिबेला प्रस्तावमा सहीछाप लगाउँदा ओलीले गाँजा खाएका थिए?’
तत्कालिन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको प्रस्ताव अनुसार नै अहिलेको सरकारले संशोधन प्रक्रिया अघि बढाएको भन्दै उनले यसमा बिरोध गर्नु कुनै तुक नहुने बताए।
प्रतिकृया दिनुहोस्
Loading...
