माओवादी केन्द्रलार्इ २६ लाख घाटा


  • काठमाडाैं, १८ पुस ।

सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयेगमा पार्टीलाई गत बर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ ।

केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ ।

आर्थिक बर्ष सकिएको छ महिनाभित्र रहेक बर्ष राजनीतिक दलले आयव्यय विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने संवैधानिक बाध्यत छ ।

प्रावधानअनुसार पुसभित्रै निर्वाचन आयोगमा आयव्यय विवरण बुझाउन आयोगले दलहरुलाई आह्वान गरेकोमा हालसम्म १ सय १० मध्ये २६ दलले मात्र बुझाएको खबर आजको नागरिकमा छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...