माओवादी केन्द्रका सांसदले कर्मचारीलाई ढोका थुनेर कुटपिट गरे
- ताप्लेजुङ, १६ माघ ।
गाविसको तथ्याङ्क संकलनका लागि खटिएका पशुसेवा कार्यालयका कर्मचारी भीम घिमिरेलाई उनले आफ्नै घरको कोठामा थुनेर कुटेका हुन् । तथ्यांक संकलन क्रममा कर्मचारी घिमिरे सांसदको घर रहेको खेजेनिम गाविस पुगेका थिए ।
घिमिरेले सांसद शेर्पाले परिचय पत्र माग्दै आफूलाई नियन्त्रणमा लिई कोठामा थुनेर कुटपिट गरेको बताएका छन् । आफूसँग परिचय पत्र नभएको बताउँदा ‘यस्तो पनि कर्मचारी हुन्छ’ भन्दै कुटपिट गरेको र आफूले टेलिफोन गरी प्रहरी र सामाजिक परिचालकलाई जानकारी गराएपछि मात्रै छाडेको उनले बताए ।
स्थानीयबासीले पनि सांसदले कर्मचारीलाई २–३ घण्टा नियन्त्रणमा लिएर कुटपिट गरेको पुष्टि गरेका छन् । तर, सांसद शेर्पाले भने आफूले घिमिरेलाई कुटपिट नगरेर परिचय पत्र किन नबोकेको भनेर मात्रै सोधपुछ गरेको दाबी गरेका छन् र ।
घटनापछि जिल्ला प्रहरी कार्यालयले सांसद शेर्पा र कर्मचारी घिमिरेबीच मिलापत्र गराएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...