यसरि जुटे विश्वभर छरिएका सुपबासी, अनलाइनबाटै अन्तराष्ट्रियस्थरकाे कमिटी गठन


  • काठमाडौं, २५ पुस ।
विश्वभरी छरिएर रहेका सुदुरपश्चिमेलीहरु एकजुट भएका छन । प्रवासमा रहेर पनि सुदुरपश्चिमको बिकासका लागि केही गर्ने उद्धेश्यले सुदुरपश्चिमेली यसरी एकजुट भएका हुन ।

अन्तरराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजका नाम बाट अाइतबार एक भेलाको (अनलाईन) आयोजना गरी भरत नेगीको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समितिको गठन पनि गरिएको छ । संयोजक नेगी जापानको कोबे विश्वबिधालयमा बिधावारिधीरत छन ।

समाजको उपसँयोजकमा लोकेन्द्र बम र सदस्य सचिबमा अमृत शाही चयन भएका छन ।

त्यसैगरी जापानबाट आशिष् रावल र पूर्ण चलाउने ,कोरिया बाट कमल शाही युएइ बाट लक्ष्मण अधिकारी, मलेसिया महेश राज भट्ट, बहराइन शेर ब रावत, पोर्चुगल धिर्ग मल्ल, कुबेत अमर खडका, अस्ट्रेलिया महेश भण्डारी, क्यानडा चक्र बलायर, कतार धन बहादुर बलायर, डेनमार्क कबिता बिस्ट, युएस रमेस भट्टराई, भारतबाट भरत थापा, इजरायलबाट सुमि शाही र गिता नेपाली सदस्यमा चयन भएका छन् ।

त्यसैगरी समाजमा युएईबाट चेतन थापा, कोरियाबाट धर्म राज जोशी, मलेसियाबाट प्रकाश देब भट्ट, अष्ट्रेलियाबाट केशब जोशी, क्यानाडाबाट जगदिस भट्ट, बहराईनबाट उमेश जोशी, मकाउ सोनु पन्थि, डेनमार्कबाट खेम जोशी चयन भएका छन ।

पोर्चुगल सहित अन्य देशका अध्यक्षहरुलाई पछि थप्ने गरि २५ सदस्य आईतबार मनोनीत गरिएको र बाकी १० सदस्य देशबाट प्रतिनिधित्व रहने गरि पहिलो तदर्थ समितिको बैठकले मनोनीत गर्ने संयोजक भरत नेगिले जानकारी दिए ।

नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुलाई आपसी मेलमिलाप, सदभाव, सहयोग, भाईचारा एबंम एकताको सुत्रमा बाँध्ने उद्देश्यले विस्तार गरिएको समाजले देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्नका साथ–साथै आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्य रहेको संयोजक नेगिले बताए ।

साथै समाजले सुदूरपश्चिमको पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका माध्यमबाट समाजमा रहेका ब्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने हेतुले छाता संगठनका रुपमा विस्तार गरिएको पनि नेगिले बताए ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...