फाल्गुनन्द गोल्डकपको उपाधि विर्ता युनाइटेडको पोल्टामा



  • काठमाडौं, २४ पुस ।
फिदिममा सम्पन्न आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड क्लब झापाले जितेको छ । 

आइतबार फिदिम उच्च माविको खेल मैदानमा साबिक विजेता कर्ण सिं सोनाम स्मृती क्लब ताप्लेजुङलाई २–१ ले हराउँदै झापाले उपाधि कब्जा गरेको हो ।

उपाधि दिलाउनका लागि झापाका कप्तान योगश गुरुङ र बुद्ध चेम्जोङले एक÷एक गोल गरेरका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा झापाका कप्तान योगेशले खेल सुरु भएको ६७ आैँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

अतिरिक्त समयमा पाएको फ्रिकिकबाट सुन्दर गोल गर्दै ताप्लेजुङका रजीन धिमालले खेल बराबरीमा पुर्‍याएका थिए । खेल बराबरी भएपछि १५ मिनेटको समय थपिएको थियो । थपिएको तीन मिनेटमा झापाका बुद्ध चेम्जोङले गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन् ।

जितसँगै विर्ता युनाइटेडले दुई लाख ५० हजार रुपैयाँ र ट्रफी पाएको छ । उपविजेता ताप्लेजुङले एक लाख ५० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । आइतबारको सम्पन्न भएको फाइनल खेलको म्यान अफ दि म्याच ताप्लेजुङका सुनिल बल घोषित भए । 

उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको सर्बाधिक गोलकर्ता झापाका कर्ण लिम्बु भए लिम्बुले प्रतियोगितामा पाँच गोल गरेका थिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । खेलका उत्कृष्ट गोल रक्षक झापाका मनोज प्रधान भए ।

त्यस्तै उत्कृष्ट डिफेन्डर झापाका देबेन्द्र तामाङ बने भने उत्कृष्ट फरवार्ड झापाका विवेक लिम्बु र उत्कृष्ट मिल्डफिल्डर ताप्लेजुङका निराजन खड्का बने । उत्कृष्ट खेलाडी झापाका योगेश गुरुङ बने । नव उदयमानि खेलाडी आयोजक फिदिम स्र्पोटिङका शरण बस्नेत बने । त्यस्तै उत्कृष्ट प्रशिक्षक झापाका नरेन्द्र लिम्बु भए ।


,

प्रतिकृया दिनुहोस्

Loading...