१० हजारका नोटले फूलका गुच्छा बनाएर गर्लफ्रेण्डलाई प्रपोज


तन्नेरीहरु आफ्नो मनको कुरा प्रेमिकासँग पूराउनका लागि अनेक उपाय अपनाउँछन् ।

उनीहरुले यस्तो काइदा अपनाउँछन् की आफुले प्रपोज गरेको केटीले चाहेर पनि नो भन्न नसकोस् ।

यस्तै काइदा चीनका एक युवकले अपनाएका छन् । उनले प्रेमिकासँग प्रेमप्रस्ताव राख्ने अनौठो तरिका अपनाए ।

आफ्नी गर्लफ्रेण्डलाई प्रपोज गर्नका लागि ती युवकले फूलका गुच्छाको साटो १० हजारका नोटका फूलजस्तै गुच्छाको प्रयोग गरे ।

ती युवकले १० हजार युआनका नोट लिएर त्यसबाट कागजी फूलका गुच्छाजस्तै बनाउनका लागि पुष्पगुच्छा बनाउने पसलेकहाँ गए । जहाँ उनले कुल १० हजार युआनका नोटको पुष्पगुच्छा तयार पारे ।

त्यसरी बनाएर ल्याएको धनगुच्छा उनले आफ्नी प्रेमिकाको हातमा राखिदिएर आफ्नो मनको कुरा भन्दै प्रपोज गरे । उक्त फोटोलाई चिनिया सोसल मिडियामा शेयर गरिएको छ ।

यद्यपि चीनमा नोटका धनगुच्छा बनाइएको यो पहिलोपटक भने होइन । यसअघि पनि एक युवकले आफ्नी प्रेमिकालाई प्रपोज गर्नका लागि ५० हजार युआन बराबरका नोटको गुच्छा बनाएको खबर सार्वजनिक भएको थियो । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...