जैविक विविधता अनुसन्धान समाजको बार्षिक उत्सव काठमाडौंमा जारी


काठमाडौं, १७ फागुन ।

नेपाल जैविक विविधता अनुसन्धान समाजको बार्षिक उत्सव काठमाडौंमा जारी छ ।

नेपालकालागि जैविक विविधताको क्षेत्रमा कार्यरत नेपाल जैविक विविधता अनुसन्धान समाजले सोमबारबाट आफनो १६औ बार्षिक उत्सव मनाइरहेको छ । काठमाडौंमा स्थीत बबरमहलमा हिजाे देखि सुरू भएकाे उत्सव ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

उत्सवमा बिभिन्न क्षेत्रका व्यक्तिसहित प्राज्ञीकएबम पत्रकारहरुको उपस्थीती छ । वासिङ्गटन युनिभर्सिटी र वन अर्थ ईन्सिच्युट यु.एस.ए को साझेदारिमा उक्त कार्यकम सन्चालन भएको हो ।

कार्यक्रम नेपाल जैविक विविधता अनुसन्धान समाजका अध्यक्ष प्राणिवीद डा मुकेश कुमार चालीसे, नेपाल प्राकृतिक शंरक्षण कोषका सदस्य सचिव गोबिन्द गजुरेल, बन्यजन्तु बिभागका अधिकृत शेर सिंह ठकुरि वासिङ्गटन युनिभर्सिटीका प्रो फेशर डा.रेन्डल लगाएतको सहभागिता छ ।

प्राणिवीद डा. नारायण कोजुले उक्त कार्यक्रममा सहजीकरण गरेका थिए । यस्तै अर्का प्राणिवीद धिरेन्द्र चन्द नेपालमा रहेका विभिन्न प्राणिहरुबारे अध्ययन अनुसन्धान गर्न जरुरि रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

Loading...