स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने प्रचण्डको प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार

- काठमाडौं, १७ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनाव गरेर मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको छ ।
मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समय लिएर भएपनि संशोधन पास नै गराउनु पर्ने भन्दै स्थानीय चुनावमा आउन आहृवान गरेका थिए ।
तर, लगतै बसेको मधेसी मोर्चाले बैठकले संविधान संशोधन नभएसम्म कुन पनि चुनावमा भाग नलिने बताएको छ ।
मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्याउन पहल गर्ने निर्णय गरेको छ ।
सत्तारुढ माओवादी र कांग्रेसका नेताहरुले राप्रपा र फोरम लोकतान्त्रिकसँग छलफल गरेपछि संशोधनको पक्षमा माहौल जुटाउन मधेसी मोर्चापनि सक्रिय हुने निर्णय भएको सुमनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...