मेरो ‘देश छोड’ भन्दै अमेरिकीद्वारा भारतीय इन्जिनियरको गोली हानी हत्या

काठमाडौं १४ फागुन।
‘मेरो देश छाड’ अमेरिकी एक पूर्वसैनिकले भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् ।
बीबीसीका अनुसार कान्सास राज्यस्थित अस्टिन बार एन्ड ग्रिल रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिर पठाएका थिए । तर, फेरि लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए ।
घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...