हत्या आरोपी बालकृष्ण ढुंगेलसँग कांग्रेस नेता रामहरी खतिवडाको यस्तो दोस्ती (फोटो फिचर)

- काठमाडौं, ११ फागुन ।
तीन दिन अगाडि ओखलढुंगाको गाम्नाङटारस्थित दीपक भट्टराईको घरमा आयोजित पूराणमा सांसद खतिवडा र हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजायँ पाइ फरार रहेका ढुंगेलको दोस्ती झल्किने तस्बिर सार्बजनिक भएका छन् ।
ढुंगेललाई हत्यारा भन्दै चर्को भाषण गर्दै आएका खतिवडाले कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार बनेपछि दोस्तीको हात बढाएको उनी निकटस्थहरु बताउँछन् । माओवादी केन्द्रका नेता ढुंगेल ओखलढुंगाबाट निर्वाचित पूर्व सांसद हुन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई सर्वाेच्च अदालतले जन्मकैद सजायँ सुनाएका ढुंगेल हाल फरार छन् ।
सर्वाेच्च फैसलापछि लुकीलुकी हिड्दै आएका ढुंगेल प्रचण्ड प्रधानमन्त्री बनेपछि खुलेयाम हिड्न थालेका छन् । नेपाल प्रहरीले फरार भएकाले पक्राउ गर्न नसकेको बताउँदै आएको छ ।
कारवाही हुनुपर्छ भनेर चर्का भाषण गर्ने खतिवडा अदालतले नै हत्यारा ठहर्याएका ढुंगेलसँग फोटो खिच्दै कानेखुसीमा व्यस्त देखेपछि स्थानीय आश्चर्यमा परेका थिए ।

एक स्थानीय भन्छन्– ‘हत्यारासँग दोस्ती गरेर रामहरिले दोहोरो चरित्र देखाएका छन् । कारवाही हुनुपर्छ भनेर बाहिर चर्का भाषण गर्ने, भित्र हात मिलाउने, मात मिलाउने, बात मिलाउने यो कहाँसम्मको नैतिकता हो ?’
सांसद खतिवडा यसअघि घडी चोरिएको विषयमा विवादमा आएका थिए ।
दैनिक नेपालबाट
दैनिक नेपालबाट
प्रतिकृया दिनुहोस्
Loading...
