सूचना टाँसेर दोस्रो पटक स्थगित भयो संसद बैठक

- काठमाडौं, ११ फागुन ।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट संविधान संशोधनको विधेयक र प्रक्रिया तथा सो विषयमा सत्तापक्षको धारणामा छलफल आवश्यक रहेको भन्दै स्थगित गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
एमालेसहितका विपक्षी दलहरूले सो प्रस्ताव गरेपछि कार्यव्यवस्था परामर्श समितिले सहमति खोज्ने भन्दै बिहीबार अपरान्ह ३ बजेसम्मका लागि सदन बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित गरेको हो ।
यसअघि मंगलबार पनि संसदको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । मधेसी मोर्चाले संविधान संशोधन विधेयक कार्यसूचीमा राखेर पारित गराउन माग गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
