आरक्ष पीडित र प्रहरीबीच कञ्चनपुरमा झडप, इन्सपेक्टरसहित ७ घाइते, दर्जनौ पक्राउ

  • अर्जुन सिंह। 
कञ्चनपुर, १२ फागुन । 

कञ्चनपुरमा आरक्ष पीडित र प्रहरीबीच दोहोरो झडप भएको छ ।

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ स्थित कलुवापुर बजारमा भएको झडपमा परी प्रदर्शनकारीको ढुङ्गा लागेर सशस्त्र प्रहरी निरीक्षक पदम भट्टसहित १ जना सशस्त्र प्रहरी जवान र नेपाल प्रहरीतर्फ ४ जवान सामान्य घाइते भएका छन् भने आन्दोलनकारीतर्फ दमन भाट घाईते भएका छन ।

पुनर्स्थापनाको माग गर्दै आरक्षपीडितले विहिबार गरेको चक्काजाम प्रहरीले खुलाउन खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै ७ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका पार्वती थापा, मोतीलाल डगौरा, हरिटमाटा, भगिरथ भट्ट, शेरसिहं विष्ट, टठुलै चुनारा र विष्णणुदत्त भट्टलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट १५ वर्षअघि विस्थापित पीडितहरुले पुनर्स्थापनाको माग राख्दै आ विहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बन्दले जनजीवन प्रभावित भएको छ ।



, ,

प्रतिकृया दिनुहोस्

Loading...