कला पंगेनी र पशुपतिले ल्याए राष्ट्रप्रेमी गीत 'जोगाउनु छ कालापानी' (भिडियोसहित)


चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्माको आवाजमा रहेको फरक धारको गीत "जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता जागरुक बनाउनुछ हाम्ले नयाँ पुष्ता" बजारमा आएको छ । 

आफै द्वारा लेखीएका र फरक धार र फरक फरक आशयका गीत हरु मात्र गाउने गायक शर्माले यसपटक भने दुर्गा पंगेनी द्वारा लिखीत गीत गाएका छन । 

मलाई अमेरीका यही पछी प्राय गीत हरु माया प्रेम प्याटर्नमा निकालेको र आफुले फरक स्वादको गीत खोजीरहेको बेलामा दुर्गा पंगेनीले पठाएको शब्द मन परेको कारण आफु गीत प्रति आकर्षीत भएको कुरा गायक शर्माले बताए । 

अन्तरा गुनगुनाउदै गायक शर्मा अगाडी भन्छन  बनाउनु छ चौतारी पिपल अनी बर को रोक्नु पर्छ परदेशीने नेपालीको लर्को !! 

यो गीत निकै शंदेशमुलक समेत रहेको छ । परदेशीएका युवा हरुको जमात लाई रोक्ने आशय रहेको कुरा समेत गीतमा समावेश भएको कारण यो गीत प्रति म निकै आशावादी छु । यो गीतमा लय समेत गायक शर्मा आफैले भरेका छन । 

आठ मीनेट लामो दोहोरी गीतमा गायक शर्मा लाई लोकप्रिय दोहोरी गायीका कला पंगेनीले साथ दिएकी छन । देशमा भित्रभित्रै फैलीदै गएको जातीवादको आगो र राजनैतिक अतिवाद लाई समेत गीतमा समेटीएको कारण आफु गीत प्रति निकै आशावादी रहेको कुरा गायीका पंगेनीले बताईन ।

गायीका का अनुसार समय फेरीदो क्रम संगै समाजमा आम जिन्दगीका कुरा हरु, परम्परा हरु र मानविय स्वार्थ हरु कसरी फेरीदै गईरहेका छन भन्ने कुरा गीतमा प्रस्तुत गरीएको छ । 

कृष्ण फिल्मसको पोष्ट प्रोडक्सन रहेको गीतको भिडीयो चर्चित निर्देशक शंकर विसीले निर्देशन गरेका छन । क्यामरामा सुरेश श्रेष्ठ छन भने अभिनयमा गायक पशुपती शर्मा आफै, गायीका कला पंगेनी र अर्का मोडल विपेश घिमीरेका, नायीका विनु खड्का को साथमा हास्य कलाकार भटभटे माईलाले समेत काम गरेका छन । 

मिचीएको सिमानाको कुरा अनी देश बचाउने कुरा हरु समेटीएको कारण गीतको भावना अनुसार काम गरेको र गीत पनि निकै मन परेको कुरा मोडल विपेश घिमीरेले बताए । 

चर्चित संगीत संयोजक विनोद वाजुरालीको संगीत संयोजन र नविन घर्ति मगरको भिडीयो सम्पादन रहेको उक्त गीत गायीका कला पंगेनीको युट्युव च्यानल बाट सार्वजानीक गरीएको छ । 

भिडियो


,

प्रतिकृया दिनुहोस्

Loading...