नक्कली प्रहरी बनी लुटपाट गर्ने पूर्वनेपाली सेनासहित ६ पक्राउ

  • काठमाडौं, १२ फागुन ।
नक्कली प्रहरी बनी लुटपाट गर्ने पूर्वनेपाली सेनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी उनीहरुलाई बिहीबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा गोरखाका नारायण बानियाँ, सुदीप थापा मगर, अशोक बाँनिया, शिवबहादुर बानियाँ र रुकुमका विश्वास घर्ती मगर, धनकुमार परियार रहेका छन् ।

उनीहरुले न्युरोडस्थित ग्लोबल आई.एम.ई. बैंकबाट ४ लाख २७ हजार रकम निकालेका प्रेमनारायण खराल र विधान खराललाई फागुन १० गते अख्तियारबाट आएका प्रहरी हौ भनी नियन्त्रणामा लिएर बसुन्धारा पुर्याइ लुटेको प्रहरीले जनाएको छ ।

उनीहरुले खरालद्वयको साथबाट नगदका साथै तीनथान चेक तथा केही मोबाइल सेट समेत लुटेका थिए । पक्राउ परेका अभियुक्तलाई कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखले जनाएको छ ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु:-

विश्वास घर्ती मगर र नारायण बाँनिया बिच अ. १ महिना अगाडी चिनजान भई लुटपाट गर्ने योजना बनेको । प्रहरीले आफुहरुलाई शंका नगरोस भन्नका लागी प्रहरीसँग नजिक हुन निजहरुले समय समयमा प्रहरीहरुलाई बिभिन्न सुचनाहरु समेत दिने गरेको ।

नारायण बाँनिया एक बर्ष अगाडी कोरिया बाट फर्की काठमाण्डौमा हुन्डीको काम सुरु गरेको बुझिन आएको ।

निज नारायण बाँनियाले का.जि. न्युरोडमा रहेको बिभिन्न बैंकहरुमा रकम झिक्न आउने ब्यक्तिहरुको निगरानी गर्ने काम गरेको ।

लुटपाटको घटना घटाउनको लागी विश्वास घर्ती मगर र नारायण बाँनिया भई सहयोगीहरु खोज्ने क्रममा बिश्वास घर्ती मगरले धन कुमार परियारलाई काममा ल्याएको र नारायण बाँनियाले सुदिप थापा मगर, अशोक बाँनिया र शिब बहादुर बाँनिया लाई ल्याएको ।

यसै क्रममा मिति २०७३।११।१० गते अं. ११:०० बजे निज प्रतिवादीहरु न्युरोड आई बिभिन्न बैंकहरुमा आउने जाने मानिसहरुको निगरानी सुरु गरेको।

दिउँसो अं. १४:४५ बजेको समयमा पिडितहरु प्रेम नारायण खराल र बिधान खरालले न्युरोड स्थित ग्लोबल आई.एम.ई. बैंकबाट चेक साटी पैसा लिएर बाहिर निस्कने क्रममा निज नारायण बाँनियाले समुहको अन्य सदस्यहरुलाई सुचना दिई पिछा गर्न लगाएको ।

यसै क्रममा सुदिप थापा मगर, अशोक बाँनिया , शिब बहादुर बाँनिया , धन कुमार परियार र बिश्वास घर्ती मगरले पिडितहरुलाई पिछा गरी “ हामीहरु प्रहरी हौ, तिमिहरुले हुन्डीको काम गर्दा रहेछौ, तिमिहरुलाई कारबाही हुन्छ” भनी निजहरुलाई नियन्त्रणमा लिई हिँडाएर नै डल्लु पुर्याएको ।

निज शिब बहादुर बानियाँले डल्लुमा आफुलाई अ.स.ई. हुँ भनी पिडितहरुलाई बताएको।

डल्लु पुर्याईसके पश्चात पिडितहरुलाई ट्याक्सीमा चढाई बसुन्धारा पुर्याई पिडितहरुको साथमा रहेको नगद रु. ४,२७,००० ( चार लाख सत्ताईस हजार ) ,बिभिन्न बैंकहरुको तिन थान चेक , iphone 5 थान १ , Samsung j 7 थान १ , nokia x2 थान १ र पर्सहरु समेत लुटी छाडिदिएको ।

निज प्रतिवादीहरु मध्ये शिव बहादुर बाँनिया र अशोक बाँनिया नेपाली सेनाको पूर्ब कर्मचारी समेत रहेको बुझिन आएको । 

दैनिक नेपालबाट

, ,

प्रतिकृया दिनुहोस्

Loading...