अाज शिवरात्री, पशुपतिमा ४ ठाउँबाट लाइन लागेर दर्शन गर्ने व्यवस्था

- काठमाडौं १३ फागुन।
अाज महाशिवरात्री । बिहानैदेखि काठमाडाैँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
पशुपति क्षेत्र विकास कोषले दर्शन गर्न अाउने दर्शनार्थीलाई सहज बनाउन विभिन्न ठाउँबाट लाइनको व्यवस्थापन गरेको छ ।
जसअनुसार बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्फको सानो ढोकाबाट समेत मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।
दर्शनार्थी जुन लाइनबाट गएको हो त्यही लाइनबाट फर्कनु पर्ने छ । तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता–चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपछि तोकिएको बाटोबाट फर्की जुत्ता–चप्पल लिने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ ।
कोषले स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयमसेवक परिचालन गरेको छ । अाजै नेपाली सेनाले टुडिखेलमा विशेष कार्यक्रम गरेर दिवस मनाउँने तयारी गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
