नयाँ शक्तिमा लफडा, बाबुरामविरुद्ध ९ केन्द्रीय सदस्य (विज्ञप्तिसहित)

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईविरुद्ध उनकै पार्टीका नाै जना केन्द्रीय सदस्यहरुले विज्ञप्ति निकालेका छन् । उनीहरुले भट्टराई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर चुनाव विरोधी कार्यमा लागेको भन्दै संयुक्त विज्ञप्ति फिर्ता लिन माग समेत गरेका छन् ।
भट्टराईले फोरम अध्यक्ष उपेन्द्र यादवसँग मिलेर संयुक्त वक्तब्य निकालेको केहीबेरपछि नै ९ जना केन्द्रीय सदस्यहरुले संविधान संशोधन र तोकिएको निर्वाचनसँग कुनै सरोकार नरहेको बताउँदै विज्ञप्ति निकालेर अापत्ति जनाएका हुन् ।
संयुक्त विज्ञप्तिमा केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराइ, मोहन बम, देव लिम्बु, हरिराम रिमाल, चन्द्रदेव ओझा, यु वि घिमिरे, सहदेव न्यौपाने, अशोक राज ढुङ्गेल र मुनिन्द्र बस्नेतले हस्ताक्षर गरेका छन् ।
नयाँ शक्तिका केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘१९ वर्षपछि संविधान बमोजिम हुन लागेको स्थानीय तहको निर्वाचनको कार्यतालिका समेत सार्वजनिक भइसकेको र संविधान संशोधन वा अरु कुनै विषयसँग यसको सरोकार छैन ।’
उनीहरुले पार्टीको आधिकारीक निर्णय बिना नै सिङ्गो देश जनता र जनजातिको मर्ममा ठेस पुग्ने गरि भट्टराईले उपेन्द्रसंग मिलेर वक्तव्य बाजी गरेको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...