सुनको महलमा पाक्ने खिर भन्दा झुपडीको ढिडो मीठो (भिडियो सहित)

- राजु बोहरा–काठमाडौँ ।
पछिल्लो समय नेपाली लोक संगीतमा निकै राम्रो विकास हुँदै आइरहेको छ । नेपालमा छाडा खालका लोकगीतहरु निकै आउन थाले भन्ने आरोप लागिरहेको बेला लोक संगीत बजारमा अहिले भने केही समय सान्दर्भिक र यथार्थ परक गित आउँन थालेका छन ।
यसै क्रममा 'महलमा पाक्ने खिर भन्दा झुपडीमा पाक्ने ढिडो मीठो हुन्छ' भन्ने निकै मार्मिक लोक गीत बजारमा आएको छ ।
तिमि लाखौमा खेल्न थाले पछि सुकि र मोहोरको भाउ कहाँ हुन्छ र सानू ! म मन हुनिको माया लत्यायौ धन हुने भेटेपछी ! सधै तिम्रो सुनकै महलमा बास होस ! चिची नि, पापा नि सबै होस ! म दुखी यस्तै ठिक छु , तिम्रै खुसी हेरेर रमाउला ! तिमीलाई कहिल्यै दुख झेल्न नपरोस ! यस्ता मर्म स्पर्शी भाब समेटिएको अहिले सम्मकै फरक धारको लोक दोहोरी गीत 'सुन चाँदीको महल' भर्खरै बजारमा आएको हो ।
बिष्णु माझी र अर्जुन कुवरको आवाजले भरिएको यस गीतमा सन्तोष बानियाँले शब्द सृजना गरेका हुन् भने राजकुमार बानियाँको लय सिर्जना रहेको छ ।
यस गीतको म्युजिक भिडियोमा चर्चित नायिका अनिता बस्नेत र कृष्ण थापा अनि धुर्न गुरुङ लगायतले अभिनय गरेका छन । मलेसियामा छायांकन गरिएको भिडियोलाई सर्जक सन्तोष बानियाँले निर्देशन गरेका हुन् ।
बानियाँले यस अघी पनि मलेसिया मै बसेर थुप्रै गीतको म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् । सुजन शाहिद्वारा सम्पादित भिडियोलाई सुजन न्यौपानेले छायाँकन गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...