सरकारले स्थानीय निकायको चुनाव गरे सशक्त प्रतिरोध गरी असफल पार्छौ : विप्लव

- काठमाडौँ ९ फागुन ।
नेकपा (माओवादी) का महासचिब नेत्र विक्रम चन्द 'विप्लव' ले सरकारले घोषणा गर्ने स्थानीय चुनावको सशक्त प्रतिरोध गर्ने बताएका छन् ।
पार्टीको आठौ महाधिवेशनका लागी रोल्पाको थवाङमा रहेका विप्लवले रोल्पाबाटै एक बिज्ञप्ति प्रकाशित गर्दै स्थानीय तहको निर्वाचनलाई असफल पार्ने वताएका हुन् ।
बिज्ञप्ति मार्फत विप्लवले सरकारले तत्काल स्थानीय तहको चुनाव घोषणा गरे त्यसको सशक्त प्रतिरोध गरेर असफल पारिदिने बताएका छन् ।
गाउँ गाउँमा आफ्नो जनसत्ता सञ्चालान भइरहेका बेला सरकारले स्थानीय तहको चुनाव घोषणा गर्नुको कुनै औचित्य नरहेको भन्दै उनले उक्त चुनाबलाई आफ्नो पार्टीले पूर्णतया असफल पारिदिने चेतावनी दिएका छन् ।
स्थानीय तहमा आफ्नो पार्टीले सञ्चालान गरेको जनसत्ताले जनताका कामकारबाही अगाडी बढाइरहेको भन्दै विप्लवले पुरानो सत्ताको झल्को दिने गारी माओवादी नेतृत्वको सरकारले यदी बल मिच्याई गरे त्यसको परिणाम राम्रो नहुने भनाइ कडा चेतावनी दिएका छन् ।

यो समाचार पढ्न नछुटाउनुहोला
प्रतिकृया दिनुहोस्
Loading...