स्थानीय निकायको चुनाव, बैशाख ३१ गते गर्ने निर्णय

- काठमाडौँ ९ फागुन।
बैठकले एकै चरणमा निर्वाचन गर्ने र त्यसका लागि १० अर्ब २९ करोड ६३ लाख ७६ हजार वजेट दिने निर्णय समेत गरेको छ।
स्थानिय चुनावको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शंका ब्यक्त गर्दै आएको थियो । चुनाब नगराउन सरकार लागि परेको आरोप एमालले लगाएको थियो ।
सरकार र प्रमुख प्रतिपक्ष दलबीचको आरोप र प्रतिआरोपबिच चुनाबको मिति घोषणा भएको हो । स्थानीय तहकाे निर्वाचन २०५४ साल यता हुन सकेकाे थिएन ।
बैठकले संसदमा टेबुल गरिएको संविधान संशोधनको प्रस्तावलाई भोलि १० गते मंगलबारदेखि अगाडि बढाउने निर्णय समेत गरेको छ ।
यस्तै, स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई एक हप्ताभित्र टुङ्गाउने निर्णय गरेको छ ।
मन्त्री हितराज पाण्डेको संयोजकत्वमा रहेको कार्यदलले पेश गरेको सुझाव मनासिव रहेको ठहर गर्दै एक हप्ताभित्र विज्ञहरु समेतको राय लिएर पूनर्संरचना प्रतिवेदन टुङ्गाउने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस्
Loading...