सकियो मन्त्रिपरिषदको बैठक, के-के गर्यो निर्णय ?

- काठमाडौं ९ फागुन।
सिंहदरवारमा बसेको मन्त्री परिषद्को बैठकले स्थानीय विकास मन्त्री हितराज पाण्डे संयोजकत्वको समितिको म्याद थप ७ दिन थप्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
सरकारले मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्ने गरी संसदमा दर्ता भएको संविधान संसोधन विधेयक माथिको छलफल भोलीदेखि अघि बढाउने बताएको छ ।
दलहरुसँग छलफल गर्नका लागि भन्दै १५ दिनका लागि स्थागित भएको संसद बैठक भोली बस्दैछ । तर यो अवधिमा दलहरुबीच केही अनौपचारिक छलफल भएपनि संसोधनका विषयमा सहमति जुट्न सकेको छैन ।
आजको मन्त्रिपरिषद् बैठकले स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने भनिए पनि आज पनि घोषणा हुन सकेन ।
प्रतिकृया दिनुहोस्
Loading...