डोनाल्ड ट्रम्पले १ सय कर्मचारी बर्खास्त गरेपछि गरे सुरक्षा सल्लाहकार नियुक्त



काठमाडौँ १० फागुन।

डोनाल्ड ट्रम्पले १ सय कर्मचारी बर्खास्त गरेपछि गरे सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । ट्रम्पले लेफ्टिनेन्ट जेनरल एच आर मैक्मास्टरलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका हुन् ।

यसअघि नियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँग विशेष सम्बन्ध भएको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो ।

अफगानिस्तान र इराकमा काम गरेका जेनरल मैक्मास्टर निकै सुझबुझ राख्ने, प्रष्ट र खरा कुरा गर्ने रणनीतिकारका रुपमा चिनिन्छन् ।

यसैबीच आप्रवासीप्रति समर्थन गर्दै प्रदर्शनमा उत्रिएको आरोपमा एक सयभन्दा बढी कर्मचारीलाई ट्रम्प प्रशासनले जागिरबाट बर्खास्त गरेको खबर छ ।

अमेरिकामा निर्माणमा आप्रवासीहरुको योगदान नबिर्सन आग्रह गर्दै गरिएको प्रदर्शनमा सहभागि भएको भन्दै उनीहरुलाई नोकरीबाट हटाइएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।(एजेन्सी)

,

प्रतिकृया दिनुहोस्

Loading...