राप्रपाको एकता महाधिवेशन आज, थापाले उदघाटन गर्ने

- काठमाडौं, ६ फागुन ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मध्यान्ह अध्यक्ष कमल थापाले अधिवेशनको उदघाटन गर्ने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘उदघाटनको सम्पूर्ण तयारी भएको छ । विभिन्न दलका नेताहरूले शुभकामना दिने छन् । काठमाडौं उपत्यका आज राप्रपामय हुनेछ ।’
उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओलीसहित मधेसी मोर्चाका शीर्ष नेताहरूलाई पनि राप्रपाले शुभकामना दिनका लागि निमन्त्रणा गरेको छ ।
भृकुटीमण्डपमा राप्रपाको उदघाटनसत्र सम्पन्न भएपछि शनिबारदेखि राप्रपाको बन्दसत्र शुरू हुनेछ । राप्रपाले कमल थापालाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी गरेको छ ।
त्यसका लागि बुधबार राति शीर्ष नेताहरूबीच सहमति समेत भइसकेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...