बास्केटबल प्रतियोगिता: मल्पी र साइपाल फाइनलमा

- काठमाडौं, ६ फागुन ।
मल्पी र साइपाल एकेडेमी छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बानेश्वरस्थित आयोजक एसको कोर्टमा मल्पीले काष्ठमण्डपलाई १०१–९० ले पराजित ग-यो । मल्पीका कर्मा सोनाम गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ६१ अंक जोडे ।
निश्चल गुरुङको २३ अंक सहयोगमा साइपालले एसलाई ५१–४८ को झीनो अन्तरले हरायो । गर्ल्समा मल्पी र जेम्स उपाधिका लागि भिड्ने भएका छन् । मल्पीले द ब्रिटिस मोडेललाई ३७–३० ले पाखा लगायो ।
मल्पीको जितमा कर्मा शेर्पाले १४ अंक योगदान गरिन् । साम्राज्ञी बस्नेतको ११ अंक मद्दतमा जेम्सले नामीलाई ३६–३० ले पन्छायो । फाइनल सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतिकृया दिनुहोस्
Loading...