राप्रपा महाधिबेशन: नयाँ नेतृत्वका लागि आज निर्वाचन

  • काठमाडौं, ९ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी प्रथम एकता महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि निर्वाचन हुँदै छ । आइतरबादेखि शुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

अध्यक्षलाई सर्वसम्मत बनाउने प्रयास असफल भएपछि निर्वाचन गर्न लागिएको छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष कमल थापा र काठमाडौंका जिल्ला नेता प्रदीपविक्रम राणाले उम्मेदवारी दर्ता गराएका छन् ।

९८ केन्द्रीय सदस्यका लागि तीन सय ६३ जनाको उम्मेदवारी परेको छ । अधिवेशनबाट पारित नयाँ विधानअनुसार २७ पदाधिकारी मनोनीन हुनेछन् । बाँकी ४० प्रतिशत केन्द्रीय सदस्य पनि मनोनित हुनेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...