मनाङ मस्र्याग्दीले आज माल्दिभ्सको टिसी स्पोर्टससँग खेल्ने

काठमाडौं, १६ फागुन ।
नेपालको मनाङ मस्र्याग्दी क्लवले बंगलादेशका जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबल प्रतियोगितामा आज सेमिफाइनल खेल खेल्दैछ ।
सेमिफाइनलमा मनाङको भिडन्त माल्दिभ्सको टिसी स्पोर्ट्स क्लवसँग हुँदैछ । खेल नेपाली समय अनुसार आज वेलुकी ६ वजे बंगलादेशको चितगोङस्थित मोहोमद अजिज रंगशालामा हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ पनि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लवबाट खेलिरहेका छन् ।
टिसी स्पोर्ट्स समुह ए को विजेता बन्दै सेमीफाइनलमा पुगेको हो । उता मनाङ भने समुह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा दक्षिण कोरियाको एफ.सी पोचियान र बंगलादेशको चितगोङ अवहानी लिमिटेड भिड्नेछन् ।
प्रतिकृया दिनुहोस्
Loading...