इङ्गलिस लिग कपको उपाधि म्यानचेष्टर युनाइटेडले जित्यो

इङ्गलिश फुटबल प्रतियोगिता लिग कपको उपाधि म्यान्चेष्टर युनाइटेडले जितेको छ ।
आइतबार राती भएको फाईनल खेलमा साउथह्याम्पटनलाई ३-२ ले हराउँदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि सुरक्षित गरेको हो ।
पोर्चुगिज प्रशिक्षक जोजे मौरिन्होको प्रशिक्षणमा सुधारिएको प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन इब्राहिमोभिचले दुई तथा जेस्सी लिङ्गार्डले एक गोल गरे ।
साउथह्याम्प्टनका लागि दुबै गोल ग्याबियाडीनीले गरेका थिए । मौरीन्होको लागि यो चौथो लिग कपको उपाधि हो । उनले यसअघि सन् २००५, सन् २००९ र सन् २०१५ मा चेल्सीलाई लिग कप जिताएका थिए ।
उता, इंग्लीश प्रिमियर लिग अन्तर्गत राती भएको एक मात्र खेलमा टोटनह्याम हट्सपरले स्टोक सिटीलाई ४-० ले हराएको छ ।
खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ह्याट्रिक गरेभने डेले अलीले एक गोल थपे ।
जितसँगै टोटनह्यामले लिग तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीसँगको दुरीलाई १० अंकबमा सिमति गरेको छ । २६ खेलबाट चेल्सीको ६३ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ५३ अंक छ ।
प्रतिकृया दिनुहोस्
Loading...