शनिबार बेलुका सुरु भएको आगलागी आइतबार बिहान नियन्त्रणमा आयो

  • गुल्मी, २२ फागुन ।

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा बनमा लागेको आगो नियन्त्रणमा आएको छ । 

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिबार अबेरसम्म प्रयास गरेर अग्नि रेखा बनाइ आगो नियन्त्रणमा लिएका हुन् । शनिबार बेलुका सदरमुकाम तम्घासको देउराली नजिकैबाट आगलागी सुरु भएको थियो । 

लामो प्रयासपछि आइतबार बिहानसम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरी नायव उपरिक्षक दिगविजय सुवेदिले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...