जनयुद्धका शहीद तथा बेपत्तालाई राष्ट्रिय शहीद घोषणा गर्न प्रचण्डलाई आस्थाको चुनौती

- ओम हमाल ।
पोखरा, २२ फागुन।
नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्रा दूरा 'आस्था'ले जनयुद्धका क्रममा शाहदत प्राप्त गरेका साढे १० हजार शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेर देखाउन तत्कालीन जनयुद्धका कमाण्डर एवं वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"लाई चुनौती दिएकी छिन् ।
शहीद सप्ताहको अन्तिम दिन शनिवार पोखरामा जनयुद्धका क्रममा शहादत्त प्राप्त गरेका शहीद तथा वेपत्ता परिवारलाई सम्मान गर्दै आस्थाले यस्तो चुनौती दिएकी हुन् ।
कार्यक्रममा बोल्दै आस्थाले भनिन्, "गरीब, किसान मजदूर तथा सर्वहारावर्गको मुक्तिका लागि भन्दै २०५२ सालमा शुरु गरिएको दीर्घकालीन जनयुद्धका क्रममा शहादत प्राप्त गरेका करीब साढे दश हजार शहीद तथा करीब एकहजार बेपत्ताका परिवारलाई अरु त गर्न सक्नुभएन । तपाईंलाई सत्तामा पुर्याउन जीउज्यान अर्पिएका शाहीदरुलाई राष्ट्रिय शहीद घोषणा गरेर देखाउनुस् । अहिले जनयुद्धका क्रममा शहादत प्राप्त गर्नेहरु पार्टीका शहीदमा मात्र सीमित भएका छन् ।"

कार्यक्रममा बोल्दै आस्थाले गरीब, किसान मजदूर तथा सर्वहारावर्गको मुक्तिका लागि लड्न पार्टी तयार रहेको दाबी गर्दै जनताको मुक्तिका लागि लड्न आवश्यक विचार, शक्ति र हतियार सबै नेपाल कम्युनिष्ट पाटीले अख्तियार गरेको एकीकृत जनक्रान्तिभित्र समेटिएको बताइन् ।
निकट भविष्यमा नै गरीब, किसान मजदूर तथा सर्वहारावर्गको मुक्तिका लागि हुन लागेको जनसंघर्षमा सकृय सहभागी हुन शहीद तथा बेपत्ता परिवारलाई आव्हान गर्दै नेत्रृ आस्थाले, अहिले पार्टीले शहीद तथा वेपत्ताका सपनालाई वेवास्ता गरेको, व्यक्तिगत स्वार्थमा पार्टी फुटाउने गरेको आरोप लगाउनेहरुले निकट भविष्यमा नै साँच्चिकै शहीद तथा वेपत्ताका सपना पूरा गर्न हुने लडाईंमा सहयोग गर्छन् कि गर्दैनन् । हेर्न बाँकी रहेको बताइन्।
उनले माओवादीका नाममा पाँच वटा पार्टीहरु बनेको भएपनि आफ्नो पार्टी बाहेक अन्य चार पार्टीले माओवाद त्यागेको दाबी गर्दै माओवादी विचारधारालाई मागिखाने भाँडोमा प्रयोग भएको र हरेक कम्युनिष्ट पार्टीभित्र रहेका राष्ट्रवादी तथा देशभक्तहरुलाई समेट्न पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको स्पष्ट पारिन् ।
यद्धपि आफ्नो पार्टीले माओवाद नत्यागेको उनले जिकिर गरिन् ।
सोही अवसरमा शहीद तथा बेपत्ता परिवार कास्कीका अध्यक्ष अणनाथ बराल, माओवादी केन्द्रकी नेतृ दुर्गा विक"अस्मिता" लगायतका वक्ताहरुले आगामी दिनहरुमा सबै माओवादी पार्टीहरु एकजुट भएर जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जनयुद्धका क्रममा शहीद तथा बेपत्ता रहेका परिवारहरुलाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...