संखुवासभामा १९ बर्षीय छोराले गरे बुवाको हत्या



संखुवासभा,२१ फागुन ।

संखुवासभाको खाँदवारी नगरपालिका–४ गैरीपांमाका १९ वर्षका सकुल राईले कुटपिट गरी ४३ वर्षका बुवा बालकृष्ण राईको हत्या गरेका छन् ।

घरयासी विवाद हुँदा सकुलले शुक्रबार बेलुका बुवा बालकृष्णलाई भाटाले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

बालकृष्णको उपचारका क्रममा खाँदबारी अस्पतालमा शनिबार ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले बताए । हत्यापछि फरार भएका सकुललाई प्रहरीले गाउँमा लुकेर बसेको अवश्थामा शनिबार पक्राउ गरिसकेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...