स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच दोहोरो भीडन्त

  • काठमाडौं, २१ फागुन। 
स्वयम्भूको भगवानपाउमा प्रहरी र अपहरकारीबीच दोहोरो भीडन्त भएको भएको छ । प्रहरीले नाइकेसहित चार जनालाई पक्राउ गरेको छ ।

बिहीबार बौद्धबाट नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङ अपहरणमा परेका थिए । उनीहरुलाई छुटाउने क्रममा प्रहरी र अपहरकारीबीच शनिबार दिउँसो गोली हानाहान भएको छ ।

नुवाकोटका माइला लामा समूहले बिहीबार तीन जनालाई अपहरण गरी होटलमा राखेका थिए । भोलिपल्ट परिवारसँग १२ लाख फिरौती मागे ।

बार्गेनिङका क्रममा साढे ६ लाखमा सहमति भएपछि शुक्रबार बोलाए । तर, मनमैजुमा पुग्दा स्वयम्भू हलचोक बोलाए । त्यही दिन साँझ पीडित परिवार बौद्ध प्रहरी पुगेपछि अपराध महाशाखाको टोली खटिएको थियो ।

अपहरणकारीको खोजीका क्रममा प्रहरी टोली खुसीबु टाउन प्लानिङ र स्वयम्भू जाने पुल नजिकै शनिबार दोहोरो गोली हानाहान भएको हो । घेरा हालेर नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि नै गोली चलाएको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए ।

प्रहरीले घुँडाभन्दा मुनी गोली हानेर दुर्गा तामाङलाई पक्राउ परेको छ । उनको साथबाट सिक्सर पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको छ ।

उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उनकै सूचनाका आधारमा प्रहरीले सचिन खवास र वीरबहादुर तामाङलाई पक्राउ गरेको हो  ।

अपहरणकारी समूहमा ७ जना रहेको प्रहरीको अनुमान छ । अन्य सदस्यको खोजी भइरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...