काठमाडौं पुग्नेबितिक्कै नवनियुक्त भारतीय राजदूत पुरी र केपी ओलीबीच गोप्य छलफल

  • काठमाडौं, १४ चैत । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभ सिंह पुरीबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित एमाले संसदीय कार्यालयमा अध्यक्ष ओली र राजदूत पुरीबीच भेटवार्ता भएको एमाले उच्च स्राेतले जानकारी दिएकाे छ ।

भेटमा नेपालकाे समसामयीक राजनीतिक अवस्थाका बारेमा केहि गाेप्य छलफल भएकाे स्राेतले बतायाे ।

शनिबार काठमाडौं आइपुगेका नेपालका लागि भारतीय राजदूत पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत पुरीले ओलीसँग पहिलो भेट गरेका हुन् ।

भारतीय राजदूतले पहिलोपटक ओलीलाई भेटेर आफ्नो राजनीतिक भेटवार्ता सुरु गर्नुलाई चाँसाेका साथ हेरिएकाे छ। 

, ,

प्रतिकृया दिनुहोस्

Loading...