मोर्चाले बिथोल्ने तयारी गरेपछि एमालेले कार्यक्रमस्थल फेर्यो



राजविराज, २२ फागुन । 
नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सोमबार सप्तरीको राजविराजमा गर्ने भनिएको जनसभा स्थल सारेको छ ।
एमालेले राजविराजको रंगशालामा सोमबार गर्ने भनिएको जनसभा सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय गरेको हो ।
रंगशालामा मधेसी मोर्चाका कार्यकर्तासँग मुठभेड हुने देखिएपछि सुरक्षाकर्मीको आग्रहमा कार्यक्रमस्थल सार्ने निर्णय भएको एमालेले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...