नयाँ शक्ति २६ गते फुट्ने, बिद्रोही समूहले बोलायो छुट्टै भेला

- काठमाडौं, २२ फागुन ।
विशेष गरेर संयोजक भट्टराईले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नजिकको साँठगाँठ गरेपछि नयाँ शक्ति पार्टीभित्र बिबादको बीउ रोपिएको थियो ।
स्रोतका अनुसार सो पार्टीमा प्रभावशाली अस्तित्व राख्न सफल निर्मल भट्टराईसहितका नेताहरूले बाबुराम भट्टराईको कार्यशैलीको विरोध थालेका हुन् । निर्मल भट्टराई समूहले स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने अडान राख्दै आएको छ ।
निर्मल भट्टराई समूहले बाबुराम भट्टराईको एकलकाटे निर्णयविरुद्ध ‘एक्सन’ लिन आफ्नो समूहको फागुन २६ गते राजधानीमा छुट्टै भेला बोलाएको छ ।
बाबुराम भट्टराईले उपेन्द्र यादवसँग मिलेर स्थानीय तहको निर्वाचनमा भाग नलिने र अराजनीतिक क्रियाकलाप गरेकाले निर्मल भट्टराई समूहले फागुन २६ गते राजधानीमा अलग भेला आह्वान गरेको छ ।
नयाँ शक्ति पार्टी नेपालको बिद्रोही समूहमा १ सयभन्दा बढी केन्द्रीय पदाधिकारी र सदस्यहरू रहेको निर्मल भट्टराई समूहको दाबी छ ।
यो पनी पढ्नुहोस
यो पनी पढ्नुहोस
प्रतिकृया दिनुहोस्
Loading...