निर्वाचनको कारण कक्षा ११ को परीक्षा असारमा सर्यो


मोहन  सिपाडोल ।
भक्तपुर, २० फागुन । 

सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३१ गते घोषणा गरेसँगै कक्षा ११ को परीक्षा प्रभावित भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष कुमार अर्यालले बैशाखमै स्थानिय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को अन्तिम परीक्षा असारमा सारिएको बताए । 

बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गरिने कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गर्ने बोर्डको निर्णय भएको उनले बताए । 

परिक्षा बोर्डले कक्षा १२ को परीक्षा भने यथावत नै राख्दै वैशाख १० गतेदेखि २२ गतेसम्म संचालन गर्ने भएको छ ।


,

प्रतिकृया दिनुहोस्

Loading...