रोनाल्डोले यसरी नियम उल्लंघन गरे (भिडियोसहित)


एजेन्सी, २0 फागुन ।

रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ट्राफिक नियम उल्लंघन गरेका छन् । 

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलपछि रंगशालाबाट बाहिरिएका रोनाल्डोले ट्राफिक नियम उल्लंघन गरेका हुन् ।

 लास पालमससँगको खेलमा ३–३ को बराबरी गरेपछि रियल मड्रिडका रोनाल्डो चढेको कारले ट्राफिक नियम उल्लंघन गरेको हो । बर्नाबेउको सडकमा रातो बत्ति बलेपछि ट्याक्सी रोकिएका थिए ।

 तर रोनाल्डो चढेको कार भने ति ट्याक्सीलाई पछि पार्दै रातो बत्तिको वास्ता नगरी अगाडि बढेको देखिएको छ । सडकमा खटिएका ट्राफिक प्रहरीले पनि रोनाल्डो चढेको कारलाई केही गर्न सकेनन् । 

,

प्रतिकृया दिनुहोस्

Loading...