अब राप्रपाको चुनाव चिन्ह हलो होइन गाई

  • काठमाडौं,२० फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई नै राख्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव चिन्ह गाई नै राख्ने निर्णय गरेको केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।

यसअघि चुनाव चिन्ह गाइ राख्ने कि हलो भन्ने विषयमा विवाद थियो । यस्तै बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेची–महाकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको छ ।

चैत ८ गते एकै दिन काठमाडौं, झापा, कञ्चनपुर र गोरखा गरी चार टाउँबाट एकता यात्रा सुरु हुने श्रेष्ठले जानकारी दिए । चारै ठाउँबाट सुरु यात्रा चैत १२ गते चितवनमा पुगेर सभा आयोजना गर्ने राप्रपाले निर्णय गरेको छ ।

बैठकले चुनावको मिति घोषणाको स्वागत गर्दै स्थानीय चुनावको तयारीमा पार्टीको सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...