परराष्ट्रमन्त्री महत भन्छन् राजदूत सिफारिसमा गल्ती भएकै हो

- काठमाडौं २२ फागुन ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले राजदूत सिफारिसमा गल्ती भएको स्वीकार गरेका छन् । परराष्ट्रमन्त्री महतले सरकारको नियत खराब नभए पनि यथेष्ठ सूचनाबिना नै राजदूतका लागि सिफारिस भएका कारण गल्ती भएको स्वीकारेका हुन् ।
जेनेभामा भएको अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्को बैठकमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले धेरै दलको संयुक्त सरकार भएकाले राजदूत सिफारिसमा बढी विवाद भए पनि आफ्नो नियत खराब नभएको दाबी गरे ।
सरकारले सिफारिस गरेका विवादित राजदूतबारे भने मन्त्री महतले प्रतिक्रिया दिन चाहेनन् । विवाद बढेपछि राजदूतका लागि सरकारले स्पेनका लागि सिफारिस गरेका भरत रायमाझी र यूएईका लागि सिफारिस भएकी र आशा लामाको नाम हटाइएको छ । सरकारले फागुन ९ गते १४ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
जेनेभामा भएको अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्को बैठकमा मन्त्री महतले एक सयभन्दा बढी देशका परराष्ट्रमन्त्री तथा सरोकारवालासँग नेपालको विकसित राजनीतिक परिस्थितिबारे जानकारी गराएको बताए ।
उनले सन् २०१८मा हुने मानव अधिकार परिषद्को अन्तर्राराष्ट्रिय सम्मेलनमा सदस्यका लागि नेपालले पनि उम्मेदवारी दिएको र विभिन्न देशका परराष्ट्रमन्त्रीहरुले नेपाललाई सहयोग गर्ने बचन दिएको जानकारी दिए ।
बैठकमा सहभागी हुन मन्त्री महत एक साताअघि जेनेभा गएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...