एमाले मेची–महाकाली अभियान: दोस्रो दिनको कार्यक्रम विराट चोक र इटहरीमा

  • काठमाडौं, २२ फागुन । 
प्रमुख विपक्षी दल नेकपा (एमाले)ले शनिबारबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तरगत दोस्रो दिनको कार्यक्रम आइतबार सुनसरी र मोरङमा गर्दैछ ।

कार्यक्रमका लागि एमालेले आइतबार बिहानैदेखि तयारी थालेको छ । एमालेका मोरङको विराट चोक र सुनसरीको इटहरीमा दुई अलग–अलग कार्यक्रम गर्नेछ ।

कार्यक्रममा एमालेले हज्जारौं कार्यकर्ता परिचालन गर्ने जनाएको छ । अभियानमा हिँडेका नेता तथा कार्यकर्ताका लागि एमालेले खानेबस्ने सबै व्यवस्था गरेको छ ।

मेची–महाकाली राष्ट्रिय अभियनका क्रममा ३३ स्थानमा सभा हुने छन् । चैत ५ गते सुर्खेतमा कार्यक्रम समापन हुनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...