स्थानीय चुनाव कुनै पनि हालतमा रोकिदैन : प्रधानमन्त्री प्रचण्ड

- बिराटनगर,२२ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको चुनाव कुनै पनि हालतमा नरोकिने बताएका छन् ।
मधेशी मोर्चालाई पनि सहमतिमा ल्याएर स्थानीय निकायको चुनाव गराउनको लागि अहिले सरकार लागि परेको बताउँदै प्रचण्डले मधेशी मोर्चालाई पनि स्थानीय निकायको निर्वाचनमा सँगै लिएर जानेगरी तोकिएको समयमा नै स्थानीय तहको चुनाव हुने बताएका हुन् ।
बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मधेशी दलहरु पनि अन्तत्वगत्वा स्थानीय निकायको चुनावमा सहभागी हुने वातावरण बन्नेमा आफू ढुक्क रहेको बताए । ‘प्रक्रियामा रहेको संशोधन बिधेयक संशोधन सहित टुङग्याउने पहिलो प्रयास हुनेछ’ उनले भने, ‘तत्काल त्यस्तो हुन नसक्ने अबस्था आएमा स्थानीय तह थपेर भएर पनि मधेशी मोर्चालाई स्थानीय तहको चुनावमा सहभागी गराईनेछ ।’
संविधान संशोधन विधेयक तत्काल पारित गर्ने अबस्था भएन भने वा भोटिङबाट असफल तर्फ लग्नु भन्दापनि सहमतिबाट संशोधन गरेर जानु उपयुक्त हुने भएकोले बरु समझदारी बनाएर नै पारित गराउनेमा सरकारको जोड रहेको उनले बताए । तर उनले स्थानीय तहको लागि चुनावका लागि त्यो पारित हुनै पर्छ भन्ने समेत नभएको स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस्
Loading...