सशस्त्र एसएसपी बढुवामा ठाडाको चलखेल




काठमाडौं, ३० फागुन । 

सशस्त्र प्रहरीमा नेपाल प्रहरीको जस्तो बढुवाका बिषय लिएर कुनै बिवाद नभएता पनि पछिल्लो समयमा बढुवाको पर्खाइमा रहेका एसएसपि बढुवा हुन नसक्दा अन्यौलता छाएको छ । 

पूर्व प्रमुख दुर्ज कुमार राईकै पालामा पुरा भर्इसक्नु पर्ने बढुवाका पुरै पद उनको स्वार्थ अनुकुल नभएपछि डिआइजी सम्मको बढुवा भएता पनि अन्य सरुवा बढुवा भने पुरै रोकेर आफू बिदा भएका थिए । 

नवनियुक्त आइजिपिले ३ एआइजि र ६ एसएसपि बढुवा प्रक्रिया अघि बढाएता पनि गृह सचिवको बिदेश भ्रमणले केहि समय पर सरेको हो । जनपद प्रहरीमा जस्तो आइजिपि बढुवामा बिवाद नदेखिएको सशस्त्रमा ३ आइजिपि र ६ एसएसपिको बढुवामा पनि कुनै बिवाद नदेखिने सशस्त्र स्रोत बताउँछ । 

तर पनि पछिल्लो समयमा सिनियरिटिको आधारमा बढुवाको प्रक्रिया बढाउने गृह मन्त्री , गृह सचिव र आइजिपिको मनासय बुझेपछि अन्तिम आठौं नम्बरमा रहेका एसपि गणेश ठाडा आफू उत्कृष्ट भएको हवाला दिँदै बिभिन्न शक्ति केन्द्र धाउने गरेको सशस्त्र स्रोत बताउँछ । 

पूर्व आइजिपिका नजिक रहेका ठाडाले बिगतमा उल्लेख्य कामै नगरि मेडल खरिद गर्न भ्याएका र मिसनमा रहेका अर्का एसपि कुल बहादुर नेम्वाङ समेत मेडल खरिद गर्न सफल रहेको स्रोतले बतायो । प्रमोशनको प्रक्रियामा आफू अन्तिम नम्बरमा रहेका ठाडा यति बेला मेडल प्राप्त ब्यक्ति भएको र स्टाफ कलेजको हवाला दिँदै कार्यालयको काम प्रभाव पर्ने गरि सरकारी सवारी साधनको दुरुपयोग गर्दै प्रमोशनका लागि शक्ति केन्द्र धाउने गरेको यति बेला प्रमोशनमा रहेकाहरुमाझ ब्यापक चर्चाको बिषय बनेको छ । 

ठाडा यति बेला एपिएफमा आफू भन्दा सक्षम कोही नभएको भन्दै र आफू भाबि एपिएफ संस्था हाक्ने एक मात्र सवल ब्यक्ति रहेको भन्दै शक्ति केन्द्रमा आर्थिक नजराना समेत चढाउन पुगिसेको हल्ला सशस्त्रमा ब्यापक चर्चाको बिषय बनेको छ । 

सरकारले दिएको आफ्नो जिम्मेवारी भन्दा फेसबुकमा आफूलाई राजनीतिक बिश्लेषकका रुपमा प्रस्तुत गर्दै एक ईमान्दार सिपाईको भूमिकालाई भूल्दै शक्ति केन्द्रका केही प्रभुहरुलाई प्रभाव पार्न खोजेको एपिएफका अधिृकत र अन्य दर्जामा सकेत हल्ला चलेको छ । 

ठाडाले यसरी काम गर्दा समेत कसैले उनलाई अनुशासनको कारवाहिको दायरामा ल्याउन नसक्नु र उनको चर्तिकलाका बारे बुझि नसक्नु भएको सशस्त्र बृतमा चर्चा चलेको एक अधिकृत नाम उल्लेख नगरिदिने शर्तमा बताउँछन् । 

ठाडाले आफू स्टाफ कलेजको प्रमुख हुँ भन्दै स्टाफ कलेजको सवारी साधनको दुरुपयोग गर्दा समेत कहिँ कतै बाट कारवाहि नभएको भन्दै एपिएफका अधिकृत र तल्लो तहका जवानहरु उनलाई अनुसानको कारवाहि गरिनु पर्ने भएता पनि कारवाहिको साट्टो उनले आफू प्रमोशनको पहिलो हकदार भएको भन्दा हिँड्नेगरेको र यो हल्ला यति बेला बजारमा समेत चल्न थालेको एपिएफका अधिकृतहरु बताउँछन् ।

एपिएफका अधिकृतहरु भन्छन्, नियमलाई मिचेर आर्थिक प्रलोभनमा सिनियरलाइ भन्दा जुनियरलाई बढुवा गर्ने काम कसैबाट नहुनेमा आफूहरु बिश्वत रहेक छौं । 

वर्तमान आजिपि सिंह बहादुर श्रेष्ठ, गृह सचिब लोकदर्शन रेग्मी तथा बिभिन्न शक्ति केन्द्रका साथै नेपालका गृहमन्त्रीले समेत सिनियारिटिको मूल्याँकन गर्दै बढुवा गर्ने र बिवादस्पद छबी भएका ठाडालाई उनको क्रियाकलाप अनुसारको कारवाहि गरिनेमा ढुक्क रहेको सशस्त्र बृतमा काम गर्नेहरु गर्ने बिश्वस्त रहेको स्रोत बताउँछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...