आकस्मिक सम्पर्कले महिलालाई आनन्द हैन पीडा दिन्छ !

  • एजेन्सी । 

आश्चर्यजनक समाचारको लागि तपाई तयार हुनुहुन्छ ? भावना र प्रतिबद्धताविहिन आकस्मिक सेक्सले महिलामा उत्तेजना ल्याउँदैन । उत्तेजनाबिनाको सेक्स महिलाको लागि पीडादायी हुन्छ । भनिन्छ, भावना बिनाको सेक्स वेश्यावृत्ति हो । एउटा अनुसन्धानले भावना र प्रतिबद्धताबिनाको सेक्सले महिलालाई आनन्दभन्दा पीडा बढी दिने पत्ता लागेको छ ।

किन्सी इन्स्टीच्युटले इन्डियाना युनिभर्सिटीमा ६ सय जना क्याम्पसका विद्यार्थीहरुको बीचमा गरिएको एक अध्ययन प्रेमसहितको यौन सम्बन्धले महिलामा दुई गुणा बढी उत्तेजना पत्ता लागेको हो । भावनासहितको यौन सम्बन्धमा महिलाहरु लामो सयमसम्म आलिंगनमा जोडिरहन सक्छ । यौनमा मुक्तिको धारणामा महिला र पुरुष दुवैको बराबर पहुँच हुनुपर्ने हुन्छ । महिलाहरु बढी भावनात्मक हुन्छन् । आकस्मिक सेक्समा एउटा आक्रामक र अर्को रक्षात्मक हुने अवस्था हुन्छ । जसले चरमोत्सकर्षलाई सधैं निषेध गर्दछ ।

भनिन्छ, अभ्यासले नै मानिसलाई पूर्ण बनाउँछ । क्रिकेटरले पनि घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । निरन्तरको अभ्यासले एकले अर्काको सवल र दुर्वल पक्ष पत्ता लगाउन सक्छन् । दिगो सम्बन्धसहितको सेक्स नै बढी आनन्ददायी हुने अनुसन्धानमा सहभागी अधिकांशको धारणा थियो ।

२१ क्याम्पसका २४ हजार भन्दा बढी विद्यार्थीमा गरिएको अनुसन्धानमा ७४ प्रतिशत युवतीले आफूहरु प्रेमसहितको यौन सम्पर्कलाई प्राथमिकता दिने बताएका थिए । आकस्मिक सम्बन्धमा आत्मियता र निकटताको समस्या हुने उनीहरुको बुझाई थियो । यौन शिक्षा, बुझाईमा समानता नहुँदा पनि सम्बन्धमा जटिलता आउने अनुसन्धानको क्रममा पत्ता लागेको छ ।

त्यसो त, विवाहित दम्पत्तिकै पनि यौन जीवन सफल नभएको पनि पाइन्छ । यस्तो किन हुन्छ त रु यसमा भावनात्मक विविधता, ईश्र्या, घमण्ड, असुरक्षा, सरसफाईले भूमिका खेले पनि मुख्य कुरा भावनात्मक सम्बन्ध र समान बुझाई नै रहेको यौनविश्लेषकहरु बताउँछन् । एकले अर्कोलाई ध्यानाकर्षणबिना जंगली आक्रमण पनि समस्याको कारण बन्न सक्छ । 

किम ह्युन्ह भन्छन्, ‘जति छोटो सम्बन्ध, त्यति अदक्ष सीप । यसले एकअर्काको आनन्दको पहिचान गर्दै त्यो प्रदान गर्न सहयोग पुग्दैन । सम्बन्धले पनि यसमा धेरै भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्दछ ।’ तपाईंलाई के लाग्दछ, के महिलाहरु साँच्चै दिर्घकालीन सम्बन्ध चाहन्छन् कि अल्पकालीन ?

,

प्रतिकृया दिनुहोस्

Loading...