यसकारण कफिखेतीतर्फ आकर्षित भए लेखनाथका किसान



पोखरा, १६ वैशाख । 

दिगो आयआर्जन गर्ने उद्देश्यले पोखराका कृषक कफिखेतीतर्फ आकर्षित भएका छन् । 

पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित बरपौवा, बरमाझथर, बर पाण्डेथुम, गैरागाउँलगायतका कृषकले दिगो आयआर्जन गर्ने उद्देश्यका साथ कफिखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुले महारुद्र कफी उत्पादन सङ्घ कास्कीको सक्रियतामा कृषक सङ्घमा आवद्ध भई कफिखेतीतर्फ आकर्षित भएका हुन् । 

सङ्घका अध्यक्ष मनोहर शर्मा आचार्यकाअनुसार साविक लेखनाथ नगरपालिका– १८ भित्रका सम्पूर्ण गाउँ समेट्ने गरी निर्माण गरिएको कफी समुहमा हाल १०२ जना सदस्य आवद्ध भई कफिखेतीतर्फ लागिसकेका छन् । 
समूहका सदस्यमध्येबाट लगाइएका लगभग तीन हजार ७०० बिरुवामध्ये २०० बोटले उत्पादन दिन थालिसकेका बताउँदै उन कफिखेती विस्तारका लागि हाल पाँच हजार बिरुवा उत्पादन गर्न लागिएको जानकारी दिए । 

“रोजगार एवम् अवसरको खोजीमा युवा विदेशिने क्रम बढ्नुका साथै गाउँबाट सहरमा विस्थापित हुने प्रवृत्ति बढेको छ,” उनले भने, “ अवसरको खोजीमा विदेशिने युवालाई यहीँ रोजगारका सम्भावनाको खोजी गर्ने अभियानकै रुपमा कफिखेतीलाई विस्तार गर्ने सोचमा छौं ।” 

कफिखेतीसँगै केराखेती र मौरीपालनलाई पनि अघि बढाउने उद्देश्य अनुसार समूहमा आवद्ध सदस्यलाई प्रति सदस्य एक÷एकवटा मौरीका घारसमेत प्रदान गर्ने सङ्घको लक्ष्य छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...