गृहमन्त्री निधि भन्छन् - ११ जिल्लामा कम्युनिष्ट पार्टीबाट गम्भीर खतरा छ, निर्वाचन हुन सक्दैन

  • काठमाडौं, ८ बैशाख ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको चुनावमा ११ जिल्लामा कम्युनिष्ट पार्टीको बलियो प्रभाव पार्ने भन्दै चुनाव हुन् नसक्ने प्रक्षेपण गरेका छन ।

आसन्न स्थानीय तहको चुनाव खारेजीको अभियान सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले मुलुकका ७५ वटा जिल्लाहरुमध्ये ११ वटा जिल्लामा बलियो प्रभाव रहेको भन्दै गम्भीर खतरा हुनसक्ने संकेत गरेका हुन् । यद्धपि उनले यसो भनिहाल्न भने सकेनन् । उनले घुमाउरो भाषामा कम्युनिष्ट पार्टीबाट खतरा रहेको बताउन चाहे ।

'स्थानीय तहको चुनावमा ११ जिल्लामा कम्युनिष्ट पार्टीको बलियो प्रभाव पार्नसक्छ।' उनले भने ।

धुलिखेलमा आजदेखि सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको गतिविधि सुरक्षा चुनौती भएको बताए । 

उनले निर्वाचनलाई कसरी भयरहित बनाउने भन्ने विषय साझा जिम्मेवारी भएको उल्लेख गरे । । गृहमन्त्री निधिका अनुसार सुरक्षा चुनौती रहेका ११ जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप पर्छन् । 

उनले निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न, उम्मेदवार र मतदातालाई सुरक्षा महसुस हुने वातावरण निर्माण गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्दै ढुक्क र निर्भिक भएर कुनै पनि भ्रममा नपरी काम गर्न निर्देशन दिए । गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् । 

अधिकांश सहभागीले नेकपाको निर्वाचन लक्षित कार्यक्रम, सुरक्षाका लागि सवारी साधनको अभाव, दुर्गम क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टरको प्रयोगलगायतका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...