मेट्रो स्टेशनको टिभी स्क्रिनमा एकाएक पोर्न भिडियो देखिएपछि..



एजेन्सी । 

दिल्लीको अति व्यस्त राजीव चोक मेट्रो स्टेशनमा राखिएको एक टिभी स्क्रिनमा एकाएक पोर्न भिडियो देखिएपछि हजारौं यात्री अचम्म परेका छन् ।

गत ९ अप्रिल साँझ करिब ५ बजेतीर एक्कासी यस्तो भिडियो देखिएपछि अधिकांशले भिडियो बनाएर सोसल साइट्समा अपलोड गरिदिएका छन् । 

यता स्थानीय प्रहरी भने एक्कासी रेलको सुचना दिइने स्क्रिनमा कसरि यस्तो भिडियो आयो भन्ने बारेमा खोजवीनमा जुटेको छ ।

सिसिटीभी फुटेजका आधारमा तीन युवक माथी शंका गरिएको छ । ती युवकले आफ्नो मोवाइलबाट स्टेशनको स्क्रिनमा ह्याक गरि भिडियो देखाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...