नयाँ बानेश्वरमा प्रचण्ड र ओलीबीच पनि झगडा, देउवा र थापा हेरेको हेर्यै !

  • काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी  अाेलाीले संविधान संशोधन विधेयक  राष्ट्रको हितमा नरहेको भन्दै कुनै हालतमा पारित हुन नदिने अडान राखेपछि प्रधानमन्त्री प्रचण्डले एमाले बिना दुई तिहाई बहुमत पुर्याई संविधान संशोधन गरेर देखाउने चुनौति दिएका छन् । 

बुधबार सरकारले अगाडी सारेको दोस्रो चरणको निर्बाचन बजेट लगायतको बिषयमा नयाँ बानेश्वरस्थित संसदमा भवनमा बैठक चलिरहेका बेला पचण्ड र ओलीबीच झगडा नै हुनु पुग्याे ।

‘हेर्दैै जानुस्, तपाईले सहयोग नगरे पनि दुई तिहाईले यो प्रस्ताव पारित गरेर देखाउँछु,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । बैठकमा स्थानीय तहको संख्या थप्ने विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच चर्काचर्की परेको थियो ।

ओलीले तराईका केही जिल्लामा स्थानीय तह बढाउने निर्णय कुनै हालतमा स्वीकार्य नहुने भन्दै चुनाव नगराउने गम्भिर खेल अनुरुप यस्तो प्रयास भएको बताएपछि प्रधानमन्त्रीले यो निर्णयबाट आफू ब्याक नहुने र निर्वाचनमा सबैलाई सहभागी गराएरै छाड्ने उद्घोष गरेका थिए ।

सरकारले निर्वाचनमा मधेसवादी दललाई सहभागी गराउन तराईका केही जिल्लामा स्थानीय तहको संख्या थप्ने निर्णय गरेपछि एमाले विरोधमा उत्रिएको हो । र, संसद बैठकमा अवरोध गरिरहेका छ । यसै बिषयमा सहमति खोज्न संसद भवनमा बैठक बसेको थियो । तर, बैठकमा प्रचण्ड र ओलीबीच चर्काचर्की नै पर्यो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...