फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाकी

  • एजेन्सी, १६ वैशाख । 
फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । मिनडानाओ आइल्याण्डको तटीय क्षेत्र केन्द्र विन्दु भएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

शनिबार बिहान भएको भूकम्प फिलिपिन्सको भूकम्प मापक एजेन्सीले पहिले ७ दशमलव २ रेक्टर स्केलको रहेको बताएका थियो । तर पछि घटाएर ६ दशमलव ८ रेक्टर स्केलको रहेको जानकारी दिइएको हो । भूकम्पका कारण भएको मानवीय तथा भौकतिक क्षतिको अहिलेसम्म जानकारी आएको छैन । तर धेरै हल्लाएको स्थानीय बासिन्दाले बताएका छन् ।

भूकम्पका कारण ठूलो समुद्री छाल आउन सक्ने चेतावनी दिइको छ । समुद्री छाल भूकम्पको केन्द्र विन्दु भन्दा तीन सय किलोमिटर परसम्म पुग्न सक्ने प्यारिफिक सुनामी वार्निङ सेन्टरले बताएको छ । उसले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...